टिप्परको ठक्करबाट पौडेलको मृत्यु

तु खबर संवाददाता
२०७८ फाल्गुन ३, मंगलवार १४:५७
सांकेतिक तस्वीर

दाङ । दाङको राप्ती गाउँपालिकास्थित पाखापानीमा आज बिहान टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिकाका अन्दाजी ४० वर्षीया डिला पौडेल रहेको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।

प्रहरीका अनुसार, बिहान पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको रा १ ख १२८६ नंको टिप्परले एक साइकललाई ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको हो । ठक्कर दिने टिप्पर चालक फरार रहेका छन् । उनको खोजी कार्य गर्नुका साथै घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।