हेटौंडामा मनाइयो २७ औं जनयुद्ध दिवस

मकवानपुर । हेटौंडामा आइतबार जनयुद्ध दिवसको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको छ । नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगरपालिका कमिटीले २७ औं जनयुद्ध दिवसको अवसरमा उक्त कार्यक्रमको आयाजना गरेको हो ।
कार्यक्रम नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगर कमिटीका अध्यक्ष तीर्थबहादुर थापाको अध्यक्षता तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा भएको हो । सो कार्यक्रममा माओवादी केन्द्र बागमती प्रदेश कटिमीका उपाध्यक्ष प्रेमबहादुर पुलामीलगायत माओवादीका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।