हेटौंडा इन्फिल्डर्स मकवानपुरको आयोजनामा रक्तदान कार्यक्रम

तु खबर संवाददाता
२०७८ माघ २९, शनिबार १६:११

मकवानपुर । हेटौंडा इन्फिल्डर्स मकवानपुरले शनिबार हेटौंडामा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । इन्फिल्डर्स मकवानपुरले जिल्लामा रगत अभाव भइरहेको पाएपछि उक्त कार्यक्रमको आयोजना गरेको जनाएको छ । हेटौंडाको बुद्धचोकमा भएको कार्यक्रमा ६० जनाले रक्तदान गरेका इन्फिल्डर्सका अध्यक्ष दिपेन्द्र चन्द ठकुरीले जानकारी दिए ।

उनका अनुसार, रक्तदान कार्यक्रममा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी तथा विभिन्न संघसंस्थामा आबद्ध व्यक्तिहरु सहभागी भएका थिए । रक्तसञ्चार केन्द्र हेटौंडामा ए पोजेटिभ र ओ पोजेटिभ रगतको अभाव भइरहेको रक्तसञ्चार केन्द्र हेटौंडाका प्राविधिक किशोर सापकोटाले जानकारी दिए । शनिबार भएको रक्तदान कार्यक्रममा संकलित रगतले अभावको अवस्था न्यूनीकरण हुने उनको भनाई छ । हेटौंडा अस्पताल र चुरेहिल अस्पतालमा डायलासिस सेवा सुरु भएसँगै हेटौंडामा रगतको खपत बढेको छ ।