माओवादी केन्द्र थाहा नगरको अध्यक्षमा थिङ निर्वाचित
मकवानपुर । नेकपा माओवादी केन्द्र थाहा नगरपालिकाको अध्यक्ष पदमा विनोद लामा थिङ निर्वाचित भएका छन् । शनिवार सम्पन्न निर्वाचनमा अर्का उम्मेदवार अरुण रायमाझीलाई पराजित गर्दै थिङ् निर्वाचित भएका हुन् । थिङले ३१ मत पाउँदा रायमाझीले २८ मत प्राप्त गरेका थिए ।
नेकपा विभाजनपछि भएको प्रथम सम्मेलन अन्तरगत माओवादी केन्द्रले थाहा नगरपालिकामा गएको मंसिर ११ गते ५९ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको थियो । कार्यसमितिकै सदस्यहरुले मतदान गर्ने गरी आज अध्यक्ष पदको लागि निर्वाचन भएको हो । अन्य पदाधिकारीहरु भने सहमतिमै चयन गरिने माओवादी केन्द्रका नेता कमानसिंह पाख्रिन पृथकले जानकारी दिएका छन् ।
