मकवानपुरका ३६ जनाको नमुना परीक्षण गर्दा ७ जनामा कोरोना पुष्टि
मकवानपुर । मकवानपुरमा थप ७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । बिहिबार जिल्लाका ३६ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, सो अवधिमा २३ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ४ जनामा र १३ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका ९ जना, थाहानगरपालिकाका ३ जना र बकैया गाउँपालिकाका १ जना रहेका छन् । जिल्लामा हाल ८५ जना कोरोना संक्रमणका सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ८३ जना होम आइसोलेसनमा र २ जना संस्थागत आइसोलेसनमा उपचाररत छन् ।
