जिल्ला प्रहरी कार्यालय नजिकै सडक अवरुद्ध
मकवानपुर । सवारी दुर्घटनामा परेर मृत्यु भएका हेटौंडाका अर्जुनप्रसाद घिमिरेको परिवारले जिल्ला प्रहरी कार्यालय मकवानपुरको कार्यालय नजिकै सडक अवरुद्ध गरेका छन् । सोमबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ स्थित पशुपतिनगरमा भएको सवारी दुर्घटनामा परेर मृत्यु भएका हेटौंडा–१ का घिमिरेको परिवारले मंगलबार सडक अवरुद्ध गरेका हुन् ।
मृतक घिमिरेका परिवारले घटनाका दोषीलाई कारवाही, उचित क्षतिपूर्ति उपलब्ध हुनुपर्ने लगायतका माग गर्दै सडक अवरुद्ध गरेका हुन् । अवरोध हटाउन प्रहरीले ३ राउन्ड हवाई फायर गरेको छ । सोमबार दिउँसो वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको ग १ ख ६१७० नम्वरको बसले विपरित दिशातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००२ प ९३६२ नम्वरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाइकल चालक घिमिरे गम्भीर घाइते भएका थिए । घाइते उनको उपचारको क्रममा सोमबार नै मृत्यु भएको थियोे ।
