जाल्पा लघुवित्तको आइपिओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । जाल्पा लघुवित्तको आइपिओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । गत माघ २१ गतेदेखि बिक्री खुल्ला गरेको उक्त आइपिओमा आज बैंकिङ समयपछि आईपिओ बन्द हुने बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । उनका अनुसार, मेरो शेयरबाट भने अपरान्ह ५ बजेसम्म आवेदन दिन पाइनेछ । सो समय पश्चात बन्द हुनेछ ।
जाल्पा लघुवित्तले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओमा आवेदन खुल्ला गरेको छ । लघुवित्तले निष्काशन गरेको कुल ५ लाख २२ हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ । सर्वसाधारणले बाँकी ४ लाख ८७ हजार ९०० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ५ हजार २२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।



