जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु
स्याङ्जा । स्याङजाको बिरुवा गाउँपालिका–३ धोवादीमा शनिबार जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका २६ वर्षीय बेलबहादुर थापा र ३२ वर्षीय भेषबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।
ग १ ज ५९३९ नम्वरको जीप सडकदेखी अन्दाजी ५०० मिटर तल खसेर दुर्घटना हुँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको स्थाङजा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, उनीहरूको शव परीक्षणका लागि जिल्ला अस्पताल स्याङ्जा पठाएको छ ।
