भारतमा १ लाखभन्दा बढी संक्रमित थपिए
भारत । भारतमा थप एक लाख २७ हजार ९५२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यससँगै भारतमा कुल सङ्क्रमितको संख्या चार करोड २० लाख ८० हजार ६६४ पुगेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सरकारी अधिकारीहरूले शनिबार बिहान दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा एक हजार ५९ जनाको मृत्यु भएको छ । यससँगै भारतमा कोरोना भाइरसका कारण मृत्यु भएकाहरूको कुल सङ्ख्या पाँच लाख एक हजार ११४ पुगेको छ । भारतमा हाल १३ लाख ३१ हजार ६४८ जना सङ्क्रमित अवस्थामै रहेको मन्त्रालयका अधिकारीहरूले जनाएका छन् । पछिल्लो २४ घण्टामा दुई लाख ३० हजार ८१४ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।
