प्युठान जिप दुर्घटना अपडेट : मृतक सबैको पहिचान खुल्यो (नामसहित)

तु खबर संवाददाता
२०७८ माघ २२, शनिबार १०:५३
सांकेतिक तस्वीर

बुटवल । प्युठानमा बेहुली लिएर फर्किंदै गरेको जिप ओखरपाटामा दुर्घटना हुँदा मृत्यु भएको सबै जनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्कँदै गरेको ग १ ज ५०९२ नम्बरको जीप शनिबार बिहान दुर्घटना हुँदा मृत्यु भएका ८ जनाको पहिचान खुलेको हो ।

पहिचान खुल्नेहरुमा गौमुखी गाउँपालिका–६ लिवाङका ३९ वर्षीय बसन्त खड्का, उनकी ११ वर्षीया छोरी एलिसा खड्का, ४० वर्षीया बसन्ती खड्का, २९ वर्षीय केसरी खड्का, ३२ वर्षीय खिमबहादुर खत्री, ५२ वर्षीया नन्दी खड्का, २२ वर्षीया विपना जिसी र ५० वर्षीय चालक बलबहादुर बुढामगर रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख डीएसपी सत्यनारायण थापाले जानकारी दिए । दुर्घटनामा घाइते भएका पाँच जनाको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।