मकवानपुरमा दर्ताबिना संचालित क्रसरको अनुगमन गरिने
मकवानपुर । मकवानपुर जिल्लाभित्र दर्ताबिना संचालित क्रसर उद्योगहरुको अनुगमन गरिने भएको छ । बिहिबार जिल्ला समन्वय समिति (जिसस) मकवानपुरमा बसेको संयुक्त बैठकले जिल्लाभित्र संचालनमा रहेको क्रसर (ढुंगा, गिट्टी र बालुवा) उद्योगको अनुगमन गर्ने निर्णय गरेको हो ।
जिल्ला समन्वय समिति मकवानपुर प्रमुख रघुनाथ खुलाल, मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र गुरुङ र स्थानीय तहका जनप्रतिनिधिहरुको सहभागितामा बसेको बैठकले ढुङ्गा, गिट्टी र बालुवाको करमा एकरुपता कायम गर्ने निर्णयसमेत गरेको छ । यस्तै, राजस्व कार्यालयले बालुवा प्लान्ट उद्योगहरुमा राजस्वको स्रोत तत्काल एकिन गर्ने निर्णय गरेको छ ।
