स्थगित भएको लोक सेवाका परीक्षा फागुन पहिलो हप्तादेखि
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको कारण स्थगित भएको लोक सेवा आयोगका परीक्षा आगान पहिलो हप्तादेखि संचालन हुने भएको छ । लोक सेवा आयोगले समय तालिका सार्वजनिक गर्दै स्थगित परीक्षा फागुन ६ गतेदेखि संचालन हुने जानकारी गराएको हो ।
आयोगले उपसचिव वा सो सरह (अप्राविधिक/प्राविधि), शाखा अधिकृत वा सो सरह (प्राविधि) र स्वास्थ्य सेवातर्फ नवौं, आठौं र सातौं तहको विभिन्न पदाका लिखित परीक्षाहरू फागुन ६ गतेदेखि संचालन हुने जनाएको छ । आयोगले स्थगित भएका सबै परीक्षा २०७९ सालको बैशमख १४ गतेसम्म सम्पन्न हुने उल्लेख गरेको छ ।
