सिद्धार्थ इन्स्योरेन्सले कति दिँदैछ बोनस र नगद ?

तु खबर संवाददाता
२०७८ माघ २०, बिहीबार १३:१०

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको संचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको माघ १८ गते बसेको संचालक समितिको १८२औं बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट हाल कायम चुक्तापूँजी १ अर्ब १२ करोड रुपैयाँबाट १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०।७८९५ प्रतिशत नगद लाभांश गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरणका लागि नियमक निकाय बीमा समिति समक्ष प्रस्ताव पेश गरेको छ ।

उक्त लाभांश बीमा समितिबाट स्वीकृत प्राप्त भएपश्चात् कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण हुनेछ ।