ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ माघ २०, बिहीबार ०८:४०
सांकेतिक तस्वीर

काठमाडौं । लमजुङको राइनास नगरपालिका–६, सिम्लेखोलामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार दिउँसो इँटा लिन जाँदै गरेको ग १ त ४४४५ नम्वरको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो मृत्यु हुनेमा ४३ वर्षीय अमृत चिलुवालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, दुर्घटनामा परेर उनको घटनास्थलमै मृत्यु भएको हो । राइनासको तीनपिप्लेबाट धमिलिकुवा जाँदै गरेको ट्याक्टरमा सवार ३ जना थिए । तीमध्ये चिलुवालको मृत्यु भएको हो । राइनास नगरपालिका–६ का गोपाल परियारको स्थानीय स्वास्थ्य संस्थामा प्राथामिक उपचार गरी घर फर्केका छन् । चालक स्थानीय दीपक परियारलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक चिलुवालको शवलाई पोष्टमार्टमका लागि बेंसीसहरस्थित जिल्ला अस्पताल लमजुङमा ल्याइएको छ ।