मकवानपुरमा थपिए १२ जना संक्रमित, १४६ जना संक्रमणमुक्त

तु खबर संवाददाता
२०७८ माघ १९, बुधबार १७:४०
file-photo

मकवानपुर । मकवानपुरमा बुधबार १२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४९ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १० जनामा र २३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ जनामा गरी १२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका १० जना, मकवानपुरगढी र बकैयाँ गााउँपालिकाका १/१ जना रहेका छन् । जिल्लामा हाल ३ सय २१ जना कोरोना भाइरस संक्रमणका सक्रिय संंक्रमित रहेका छन् । जसमध्ये ८ जना संस्थागत आइसोलेसनमा र ३ सय १३ जना घरमै आइसोलेसनमा उपचाररत छन् । सो अवधिमा जिल्लाका १४६ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन भएको छैन ।