सानिमा बैंकद्वारा थप ३ वटा शाखा कार्यालय विस्तार
काठमाडौँ । सानिमा बैंक लिमिटेडले थप तीन वटा शाखा संचालनमा ल्याएको छ । बैंकले कावासोती, बर्दिबास र अत्तिरियामा बैंकका शाखा कार्यालय विस्तार गरेको हो । उक्त शाखा कार्यालय मध्ये कावाकोती शाखाको कावासोती नगरपालिकाका मेयर चन्द्र कुमारी पुन, बर्दिबास शाखाको बर्दिबास नगरपाकिका मेयर बिदुर कुमार कार्की र अत्तरिया शाखाको गोदावरी नगरपालिका मेयर हरि सिंह साउद र उद्योग वाणिज्य संघका अध्यक्ष अशोक राज देवकोटाले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
विस्तारित शाखा कार्यलयमार्फत् बैंकले दिँदै आइरहेको सम्पूर्ण बैंकिङ बिस्तारित शाखा कार्यालय मार्फत बैंकले दिदै आइरहेको सम्पूर्ण बैंकिङ सेवा सुविधा प्रदान गर्ने बैंकले जनाएको छ । शाखा संचालनमा आएसँगै सो क्षेत्रका बासिन्दाहरुलाई गुणस्तरीय बैंकिङ सेवामा सहज पहुँच हुने विश्वास बैंकले गरेको छ ।



