मकवानपुरमा सोमबार कोरोना संक्रमितभन्दा निको हुनेको संख्या बढी

तु खबर संवाददाता
२०७८ माघ १७, सोमबार १५:५१
filr-photo

मकवानपुर । मकवानपुरमा आज (सोमबार) कोरोना भाइरस (कोभिड–१९) संक्रमित भन्दा संक्रमण निको हुनेको संखया बढी छ । जिल्लामा आज एकैदिन १६६ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार, विभिन्न मितिमा कोरोना पुष्टि भई होम आइसोलेशनमा बसेका १६१ जना र संस्थागत आइसोलेशनमा बसेका ५ जना गरी १६६ जना आज संक्रमणमुक्त भएका हुन् । संक्रमणमुक्त हुनेमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । त्यहाँ आज ९८ जना संक्रमणमुक्त भएका हुन् ।

यसैगरी, संक्रमणमुक्त हुनेमा थाहानगरपालिकाका १९, मकवानपुरगढी गाउँपालिकाका १५ जना, मनहरी गाउँपालिकाका २२ जना, इन्द्रसरोवर गाउँपालिकाका ३ जना, भीमफेदी गाउँपालिकाका २ जना र बकैया गाउँपालिकाका ७ जना रहेका छन् । यससँगै जिल्लामा कोरोना संक्रमणमुक्त हुनेको कूल संख्या १७ हजार ५३ जना पुगेको छ ।

यस्तै, जिल्लामा पछिल्लो २४ घण्टामा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सो अवधिमा ४१ जनाको पीसीआर र ६१ जनाको एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन भएको छैन ।