ट्याक्टरले किचेर बालिकाको मृत्यु

तु खबर संवाददाता
२०७८ माघ १५, शनिबार १६:१९

झापा । झापाको कनकाई नगरपालिका–७ दुर्गापुरमा ट्याक्टरले किचेर २ वर्षीया बालिकाको मृत्यु भएको छ । आज (शनिबार) बिहान मे १ त ७५९ नंको ट्र्याक्टरले किचेर स्थानीय आरुची दुलालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार, बुबा बालकृष्ण दुलालले घरअगाडि पार्किङ गरेर राखिएको ट्रयाक्टर स्टाट गर्ने क्रममा ट्र्याक्टरमुनि खेल्दै गरेकी आरुचीलाई किच्दा गम्भीर घाइते भएकी थिइन् । घाइते उनलाई उपचारको लागि तत्काल विर्तामोडस्थि विर्तासिटी अस्पताल लगिएको थियो । उनको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।