‘सही सूचना प्रवाहन गर्न प्रेस सेन्टरको भूमिका महत्वपूर्ण’

तु खबर संवाददाता
२०७८ माघ १५, शनिबार १६:०३
file-photo

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश र जनताको पक्षमा सही सूचना प्रवाह गर्नका लागि प्रेस सेन्टरको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । अध्यक्ष दाहालले शनिबार प्रेस सेन्टर नेपालको १८ औं स्थापना दिवसको अवसरमा शुभकामना सन्देश दिँदै सो कुरा बताएका हुन् ।

अध्यक्ष दाहालले समाजको अग्रगामी धाराको प्रतिनिधित्व गर्दै प्रेस सेन्टरले देश, जनता र श्रमजीवी वर्गको हितमा आफूलाई उभ्याउनेछ भन्ने विश्वास व्यक्त गरेका छन् । उनले प्रेस सेन्टर नेपालका संस्थापकहरु, केन्द्रीय सदस्य, प्रदेशका पदाधिकारी तथा सदस्यहरू, जिल्ला समन्वय समिति, प्रतिष्ठान, एसोसिएट, विदेश शाखाका पदाधिकारी तथा सदस्यहरु, स्थानीय तहका पदाधिकारी तथा सदस्यहरू, प्रेस सेन्टरका सम्पूर्ण सदस्य र सम्पूर्ण नेपाली श्रमजीवी पत्रकारमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।