सिविनद्वारा पशुपतिनाथका विद्यार्थीलाई शैक्षिक सामग्री

तु खबर संवाददाता
२०७८ माघ १५, शनिबार ०९:२३

0मकवानपुर । सिबिन नोपल, बाल हेल्पलाइन मकवानपुरले मनहरी गाउँपालिकाको पशुपतिनाथ माविका ५ जना बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरेको छ । आर्थिक अवस्था कमजोर भएका र बालश्रमको जोखिममा पर्न सक्ने सम्भावना रहेका बालबालिकालाई अध्ययनका लागि शैक्षिक सामग्री शुक्रबार एक कार्यक्रमबीच उपलब्ध गराइएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधब गौतमले बालबालिकालाई शैक्षिक सामग्री हस्तान्तरण गर्दै अध्ययमा निरन्तरता दिन आग्रह गरे । अभिभावक बिहिन बालबालिकालाई विद्यालय ब्यवस्थापन समितिले नै अभिभावकत्व ग्रहण गरी बालबालिकाको अध्ययन कार्यलाई निरन्तर अगाडि बढाउन सहयोग गर्ने अध्यक्ष गौतमले बताए ।

यस्तै, विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्यले विभिन्न सहयोगी संस्थासँग समन्वय गरेर बालबालिकाको अध्ययन कार्यलाई निरन्तरता दिन सहयोग गरिने बताए । बालबालिकालाई उपलब्ध गराइएको शैक्षिक सामग्रीमा कपि, कलम, झोला, विद्यालय पोशाक, स्वेटर, क्यालकुलेटरलगायत रहेका छन् । कार्यक्रममा विद्यालयका शिक्षक ईश्वर रिाजल, सिबिन बाल हेल्पलाईनकी सहजकर्ता सुस्मिता बस्नेतलगायतको सहभागिता रहेको थियो ।