राष्ट्रियसभाको बैठक माघ १७ गते बस्ने

तु खबर संवाददाता
२०७८ माघ १३, बिहीबार १४:५१
file-photo

काठमाडौं । राष्ट्रियसभाको बैठक यही माघ १७ गतेका लागि बोलाइएको छ । यसअघि माघ २ गते अनिश्चितकालका लागि स्थगित गरिएको बैठक माघ १७ गते सोमबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको हो ।

बिहिबार संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सूचना जारी गरी राष्ट्रियसभाका अध्यक्षले बैठक बोलाएको जानकारी दिएका हुन् । लामो समयदेखि पटक–पटक स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक पनि माघ १६ गतेका लागि बोलाइएको छ ।