आज नेप्से ३८ अंकले घट्दा ४ अर्बमाथिको कारोबार
काठमाडौं । आज साताको चौथो दिन बुधबार नेपाली शेयर बजारमा गिरावट आएको छ । पछिल्लो केही दिनयता लगातार गिरावट आएको शेयर बजारमा आज नेप्से परिसूचक ३८ अंकले घटेको छ । अघिल्लो दिन सामान्य अंकले घटेको नेप्से परिसूचक आज ३८ दशमलव ४५ अंक अर्थात् १ दशमलव ३७ प्रतिशतले घटेर २७ हजार ७७६ दशमलव ६१ विन्दुमा कायम भएको छ ।
नेप्सेमा सूचीकृत २३३ कम्पनीको ९३ लाख ५८ हजार ७०० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३१ करोड ३१ लाख ५४ हजार ४२ रुपैयाँको कारोबार भएको छ । अघिल्लो दिन ५ अर्बमाथि कारोबार सीमित हुँदा आज ४ अर्ब कारोबार भएको हो । आज वन नेपाल लघुवित्त र बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयरमा सर्किट लागेको छ ।



