दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु

तु खबर संवाददाता
२०७८ माघ १२, बुधबार १५:०१

सप्तरी । सप्तरीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तकोसी नगरपालिका–१० भगनी चोकका २७ वर्षीय लालदेव चौधरी रहेका छन् । दुर्घटनामा परेर चौधरीको घटनास्थलमे मृतयु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

घरबाट बलार्दह जाँदै गरेका चौधरी चढेको स १० प ४६३५ नंको मोटरसाइकललाई बलार्दह चोकबाट कञ्चनपुरतर्फ जाँदै गरेको ना ३ ख ९९३२ नंको ट्रकले ठक्कर दिँदा चौधरीको मृत्यु भएको फत्तेपुर प्रहरी चौकीले जनाएको छ । शवलाई परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको छ । मोटरसाइकललाई ठक्कर दिने ट्रकका चालक फरार छन् । उनको खोजी कार्य हुनुको साथै घटनाकोविषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।