आज नेप्से परिसूचक सामान्य अंकले घट्यो

तु खबर संवाददाता
२०७८ माघ ११, मंगलवार १६:०३

काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । दिनभरको उतार चढावका बीचमा कारोबार बन्द हुँदा नेप्से ५ दशमलव ९२ अंकले घटेको हो । मंगलबार कारोबार अपरान्ह २ हजार ८५७ सम्म पुगेको नेप्से कारोबार बन्द हुँदा २ हजार ८१४ दशमलव ७४ मा झरेको थियो ।

आज नेप्सेमा २२९ वटा कम्पनीको ९७ लाख ८४ हजार ६५१ कित्ता शेयर पाँच अर्ब ३९ करोड ५६ लाख ७२ हजार ६२७ रुपैयाँमा कारोबार भएको थियो । हिजोको तुलनामा आज कारोबार उच्च अंकले घटेको हो । हिजो आठ अर्बभन्दा बढि कारोबार भएको थियो । आज झिनो अंकले घटेको शेयरमा बजारमा आज २ कम्पनीको शेयरमा भने सकारात्मक सर्किट लागेको छ ।