आज एकैदिन १०० अंकले घट्यो नेप्से
काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा नेप्से आज उच्च अंकले घटेको छ । साताको आज दोस्रो दिन सोमबार नेप्से परिसूचक १०० दशमलव १० अंकले घट्दा समग्र मूल्य परिसूचक २ हजार ८२० दशमलव ४१ विन्दुमा झरेको छ । कारोबार बन्द हुनु केही अघि २८०४ अंकमा झरेको नेप्से बन्द हुनु केही मिनेट पहिले १६ अंकले बढेर आजको लागि बिट मारेको थियो ।
सोमबार कूल आठ अर्ब ८८ करोड ८५ लाख १३ हजार १७७ रुपैयाँको शेयर कारोबार हुँदा कूल एक करोड ७० लाख ६३ हजार ८३३ कित्ता शेयर खरिद बिक्री भएको छ । आज सर्वाधिक कारोबार हुने कम्पनीमा अपि पावर रहेको छ । कम्पनीको आज सर्वाधिक ३८ करोड ३४ लाख २४ हजार १५२ रुपैयाँको कारोबार भएको हो । यस्तै, आज सबैभन्दा धेरै कर्णाली डेभलपमेन्ट बैंकको शेयरमूल्य घटेको छ । बैंकको आज ७.८२ प्रतिशत अर्थात ३७ रुपैयाँले शेयरमूल्य घट्न पुगेको हो ।



