मकवानपुरमा सवारी दुर्घटना, एकको मृत्यु

तु खबर संवाददाता
२०७८ माघ १०, सोमबार ०८:३५

मकवानपुर । मकवानपुरको मनहरीमा आइतबार राति सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हेटौंडाबाट चितवन तर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३६४० नम्वरको ट्रकले विपरित दिशाबाट आउँदै गरेको ना २३ प ७०६२ नम्वरको मोटरसाइकललाई मनहरी–७ बिजौनास्थित ठक्कर दिँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक पर्सा जिल्ला बागेश्वरी घर भएका ४१ वर्षीय ओम प्रकाश गिरी रहेका छन् । दुर्घटनामा परेर गम्भीर घाइते भएको उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने ट्रक तथा चालकलाई इलाका प्रहरी कार्यालय मनहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका साथै कानुनी प्रकृया अगाडि बढाएको जनाइएको छ ।