विद्यार्थीलाई न्यानो कपडा र स्वास्थ्य सामाग्री सहयोग

तु खबर संवाददाता
२०७८ माघ ९, आईतवार १०:०१

मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्वर ८ बुढीचौरस्थित दुई वटा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा तथा स्वास्थ्य सामाग्री वितरण गरिएको छ । शनिबार नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका समितिका कोषाध्यक्ष आकाश गोलेको संयोजनमा मकवानपुरगढी–८ बोखरेस्थित बागेश्वरी आधारभूत विद्यालय र बुढीचौरस्थित रुपनारायण माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई कपडा र स्वास्थ्य सामाग्री सहयोग गरिएको हो ।

बागेश्वरी आधारभूत विद्यालयमा अध्ययनरत ११५ जना र रुपनारायण माविका १७० जना विद्यार्थीलाई न्यानो कपडा, शैक्षिक सामग्री, मास्क र सेनिटाइजर सहयोग गरिएको कोषाध्यक्ष गोलेले जानकारी दिए । सहयोग हस्तान्तण कार्यक्रममा नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर १ का सभापति दामोदर खनाल, सचिव कविन सांगामी, प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ का निवर्तमान सभापति यतिराज साकोटा, सचिव बलराम घिमिरे, हेटौंडा उपमहानगर समितिका सभापति उत्सव इटेनी, निवर्तमान सभापति आनन्दराम पराजुलीलगायतको उपस्थिति रहेको थियो ।