मिनी बसमा बम विस्फोट हुँदा ७ जनाको मृत्यु
काठमाडौं । अफगानिस्तानको हेरातमा एक मिनी बसमा बम विस्फोट हुँदा सात जनाको मृत्यु भएको छ । बम विस्फोट हुँदा चार महिलासहित सात जनाको मृत्यु भएको अलजजिराले जनाएको छ । उक्त घटनामा नौ जना घाइते भएका छन् ।
इन्धन ट्यांकीमा जडान गरिएको बम विस्फोट भएको प्रारम्भिक अनुमान गरिएको छ । घटनाको जिम्मा कसैले नलिएको अलजजिराले जनाएको छ । हेरात इरानसँग सीमा जोडिएको अफगानिस्तानको तेस्रो ठूलो शहर हो । अफगानिस्तानमा तालिवानले सत्ता सम्हालेपछि त्यहाँ मानवीय संकटको अवस्था सिर्जना भएको विवरणहरु सार्वजनिक भइरहेका छन् ।
