दुर्घटनामा वाइसिएलका नेताको मृत्यु
सर्लाही । सर्लाहीमा शुक्रबार राति मोरटसाइकल दुर्घटना हुँदा नेकपा (माओवादी केन्द्र) का एक युवा नेताको मृत्यु भएको छ । सर्लाहीको पूर्वपश्चिम राजमार्ग अवस्थित बागमती पुलमा भएको मोटरसाइकल दुर्घटनामा परेर माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्यूनिष्ट लिगका नेताको सुनिल बमजनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरीका अनुसार, सर्लाहीको हरिवन नगरपालिका ५ बस्ने ३३ वर्षीय बम्जनको मृतयु भएको हो । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ९४ प ५९०८ नम्बरको मोटरसाइकल र सोही दिशातर्फ जाँदै गरेको ना ७ ख ८३०० नम्बरको टिपरमा ठोक्किएर दुर्घटना हुँदा उनी गम्भीर घाइते भएका थिए । घाइते उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा रौतहटको चन्द्रपुरमा मृत्यू भएको हो । उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको छ ।
