लोक सेवा आयोगको लिखित परीक्षा स्थगित

तु खबर संवाददाता
२०७८ माघ ६, बिहीबार १७:३६

काठमाडौं । लोक सेवा आयोगको लिखित परीक्षा माघ मसान्तसम्मका लागि स्थगित भएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखम बढ्दै गएको र त्यसको रोकथाम तथा न्यूनिकरणका लागि आयोगले लिखित परीक्षा स्थगित गरेको हो ।

आयोगको बिहिबार बसेको बैठकले लिखित परीक्षाहरु माघ ११ देखि माघ मसान्तसम्मका लागि स्थगित गर्ने निर्णय गरेको सूचना अधिकारी देवी प्रसाद सुवेदीले जानकारी दिए । माघ ११ गतेदेखि उपसचिवको परीक्षा तय भएको थियो । संगठित संस्थाका परीक्षाहरु पनि यही बिचमा तय भएका थिए । ती परीक्षाहरु हाललाई स्थगित भएका छन् । त्रिभुवन विश्वविद्यालयले पनि वार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षा स्थगित गरेको छ ।