फेरी बढ्यो पेट्रोलियम पदार्थको भाउ

तु खबर संवाददाता
२०७८ माघ ६, बिहीबार ०९:४३

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगमले बुधबार राति १२ बजेदेखि लागु हुने गरीगरी पेट्रोलियम पदार्थको भाउ बढाएको हो । पेट्रोल , डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि भएको निगमले जनाएको छ ।

भाय बढेसँगै पेट्रोल प्रतिलिटर १३९ रुपैयाँ र डिजेल–मटितेल १२२ रुपैयाँ पुगेको छ । त्यसैगरी, आन्तरिक हवाई ईन्धनमा साबिकको बिक्रि मूल्यमा प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरी प्रति लिटर १०६ रुपैयाँ पुर्याइएको छ ।