अस्ट्रेलियामा नेपाली विद्यार्थीले हप्ताको २० घण्टाभन्दा बढी काम गर्न पाउने

तु खबर संवाददाता
२०७८ माघ ५, बुधबार १५:२४

काठमाडौं । नेपाली विद्यार्थीले अस्ट्रेलियामा हप्ताको २० घण्टाभन्दा बढी काम गर्न पाउने भएका छन् । अस्ट्रेलिया सरकारले नेपाली विद्यार्थीलाई हप्ताको २० घण्टाभन्दा बढी काम गर्न पाउने व्यवस्था गरेको छ । गत पुस ३० गते गृहमन्त्री बालकृष्ण खाणले नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी जेन भोल्कसँगको शिष्टाचार भेटमा उक्त व्यवस्थका लागि अग्रह गरेका थिए ।

गृहमन्त्री खाणले आग्रह गरेको एक हप्तामै बुधबार अस्ट्रेलियाका प्रधानमन्त्रीको वक्तव्यमा पढाइका अलवा नेपाली विद्यार्थीले हप्तामा २० घण्टाभन्दा बढी काम गर्न पाउने कुरा समावेश भएको छ । आगामी ८ हप्तासम्म अस्ट्रेलियाका लागि उडान भर्ने नेपाली विद्यार्थीहरुले भिसा आवेदन दिँदा लाग्ने शुल्क पनि फिर्ता पाउनेछन् ।