हेटौंडा–१९ बस्तिपुरमा ३ दिन विद्युत लाइन बन्द हुने

तु खबर संवाददाता
२०७८ माघ ४, मंगलवार १२:०४
file photo

मकवानपुर । नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले युनिलिभर फिडर अन्तर्गत हेटौंडा –१९ बस्तिपुर बजारदेखि बासुदेवतर्फ जाने क्षेत्रमा ३ दिन विद्युत आपुर्ति बन्द हुने बताएको छ । नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले सोमबार सूचना जारी गर्दै विद्युत आपुर्ति बन्द रहने जनाएको हो ।

हेटौंडा–भरतपुर –बर्दघाट प्रशारण लाइन आयोजनाको बस्तिपुर बासुदेवतर्फ एपी ३.० देखी ३.१ डिडि टाइप टावरको तार तन्काउने काम गर्नुपर्ने भएकोले माघ ४ गतेबाट ६ गते ३ दिन बिहान ८ बजेबाट १२ बजेसम्म विद्युत आपुर्ति बन्द हुने जनाएको छ ।