राष्ट्रिय भूकम्प सुरक्षा दिवसमा बागमती प्रदेश प्रमुख शर्माको सन्देश
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज मनाइँदै गरिएको २४ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा सन्देश जारी गर्दै भूकम्पीय जोखिमबाट बच्नका लागि सुरक्षित संरचनाहरु निर्माण गर्न प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।
आफ्नो सन्देशमा प्रमुख शर्माले वि।सं. १९९० माघ २ गते भूकम्पको त्रासद सम्झनामा यो दिवस मनाउने गरिएको सन्दर्भ उल्लेख गर्दै वि.सं.२०७२ वैशाख १२ गतेको भूकम्पपछि पुनर्निर्माणको काम सम्पन्न हुने चरणमा रहेको बताए । भूकम्पबाट क्षति भएका संरचनाहरु पुनर्निर्माण एवम् पुनःस्थापनाको कार्यमा लाग्ने र सहयोग पुर्याउनेसम्बन्धित सम्पूर्ण पक्षहरुमा धन्यवाद व्यक्त गर्न चाहन्छु ।’ प्रमुख शर्माले भनाई छ ।
यस्तै, शर्माले भूकम्पीय जोखिमका हिसाबले नेपाल ११ औं स्थानमा रहेको तथ्यलाई मध्यनजर गर्दै पूर्वाधार निर्माणमा आचारसंहिताको पूर्णपालना गरीए यसबाट जनधनको क्षति कम गर्न सघाउ पुग्ने विश्वास पनि व्यक्त गरे । उनले सन्देशमा
भनेका छन्, ‘आजका दिनलाई औपचारिकतामा सीमित नगरी नागरिकलाई भूकम्पबाट हुने क्षति न्यूनिकरण गर्न आवश्यक मापदण्ड निर्माण गरी कार्यान्वयन गर्ने वातावरण बनाउन आग्रह गर्दै यो दिवसले सचेत र सुरक्षित रहन सबैलाई प्रेरित गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।’ शर्माले विभिन्न समयमा गएका भूकम्पबाट ज्यान गुमाएका व्यक्तिहरुमा भावपूर्ण श्रद्घाञ्जली समेत व्यक्त गरे ।
