सवारी दुर्घटनामा बुढाथोकी र कार्कीको मृत्यु
काठमाडौं । झापाको भद्रपुर नगरपालिका–४ मा मोटरसाइकलको ठक्करबाट गएराति एक ज्येष्ठ नागरिकको मृत्यु भएको छ । भद्रपुर–४ स्थित भद्रपुर–बनियान भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मे १० प ४४१९ नंको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री ७७ वर्षीय जगतबहादुर कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
दुर्घटनाका गम्भीर घाइते कार्कीको भद्रपुरस्थित ओम साई पाथीभरा अस्पतालमा उपचारको क्रममा राति नै मृत्यु उनले बताए । घटनामा संलग्न मोटरसाइकल र चालक कचनकवल–७ का माधवप्रसाद राजवंशी प्रहरीको नियन्त्रणमा रहेका छन् । उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको छ ।
यस्तै गएराति नै दाङमा ट्याक्टरसँग अटो ठोक्किँएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तुलसीपुरबाट हेकुलीतर्फ जाँदै गरेको रा १ ह २९६६ नम्बरको अटो गएराति रोकिराखेको रा १ त २८२२ नम्बरको ट्रयाक्टरसँग ठोक्किँदा दंगीशरण–४ बस्ने ५० वर्षीय दिपक बुढाथोकीको मृत्यु भएको प्रहरीले जनाएको छ ।ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार दुर्घटनामा अटो चालक दंगीशरण–३, हेकुली बस्ने २७ वर्षीय मनीष चौधरी घाइते भएका छन् । प्रहरीले अटो र ट्याक्टरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको जनाएको छ ।
