कांग्रेसको गर्दोई टोल समिति गठन, सभापतिमा सिलवाल

तु खबर संवाददाता
२०७८ पुष २७, मंगलवार ०७:२४

मकवानपुर । नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका वडा नम्वर–४ ले गर्दोई टोल समिति गठन गरेको छ । बृहत टोलवासीको भेलाले सर्मिला दवाडी सिलवालको अध्यक्षतामा १७ सदस्यीय समिति गठन गरेको हो । टोल समितिको उपसभापतिमा इन्द्रबहादुर लोप्चन, सचिवमा सन्देश कोइराला र कोषाध्यक्षमा मालती श्रेष्ठ चुनिएका छन् ।

त्यस्तै सदस्यहरुमा क्रमश अनिता भण्डारी सुनुवार, अशोक थापा, अनन्नप्रसाद बराल, भरत पौडेल, नवराज आचार्य, गणेश थापा, नारायण बजगाईँ, सोमप्रसाद पौडेल, गोपालप्रसाद अधिकारी, शंकरप्रसाद अधिकारी सम्झना अधिकारी, उमा अधिकारी र नम्रता तिमल्सिनालगायतलाई चयन गरिएको हो ।

कांग्रेस मकवानपुरका प्रवक्ता प्रदीप कोइरालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कांग्रेस हेटौंडा उपमहानगर सभापति, उत्सव इटेनी, नेताहरु शुक्रराज जोशी, केदारप्रसाद ढोडारी, विकास बानियाँ, भूपेन्द्र अधिकारी, कुमार थोकर, हेटौंडा ४ नम्वर वडा सभापति हरिप्रसाद पौडेल, उपसभापति अर्जुनप्रसाद देवकोटा, वडासचिव विजय कार्की र रमेश मुडवरीलगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा जेष्ठ नागरिक विष्णुप्रसाद डोरेल र दुर्गा प्रसाद कोइलालालाई सम्मानसमेत गरिएको थियो ।