प्रधानमन्त्री देउवा आइसोलेशनमा

तु खबर संवाददाता
२०७८ पुष २४, शनिबार १६:२४
file-photo

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आइसोलेशनमा बसेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई कोरोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री देउवा पनि शनिबारदेखि आइसोलेशनमा बसेको उनको सचिवालयले जनाएको छ ।

शुक्रबार कोरोना संक्रमण पुष्टि भएका प्रचण्डसँग देउवाको भेटघाट भएकाले प्रोटोकलअनुसार उनी आइसोलेट निर्णयमा पुगेको सचिवालयका एक सदस्यले बताए । केहीदिन आइसोलेशनमा बसेर कोरोना परीक्षण गराएपछि मात्रै उनी सार्वजनिक कार्यक्रममा निस्कने बताइएको छ । दुई दिनअघि बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा देउवा र प्रचण्डँगसँगै रहेका थिए । भेटघाट भएको भोलिपल्टै प्रचण्डमा कोरोना पुष्टि भएपछि देउवालगायतका अन्य नेताहरु पनि कन्ट्याक्ट ट्रेसिङमा परेका छन् ।