मकवानपुरमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु
मकवानपुर । मकवानपुरको बकैयामा ट्याकटर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बुधबार दिउँसो जिल्लाको बकैया–११ को सिमात पुल नजिक हेटौंडा तर्फ आउँदै गरेको ना ४ त ६०७५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजकुमार सापकोटाका अनुसार, ट्याक्टर सडकबाट करिब २५० मिटर तल खसेको थियो । मृतक दुई जनामध्ये एक जनाको सनाखत भएको छ । सनाखत हुनेमा कैलाली घर भए भएका २८ वर्षीय मिनबहादुर बुढा मगर रहेका छन् । चालक अनुमतिपत्रको आधारमा उनको सनाखत भएको हो । त्यस्तै, अर्का मृतकको भने सनाखत भएको छैन । द्र्घटनामा परेर गम्भीर घाइते भएका दुबै जनाको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक सापकोटाले बताए ।
