जीप दुर्घटनामा चालकको मृत्यु

तु खबर संवाददाता
२०७८ पुष २१, बुधबार १५:२६
सांकेतिक तस्वीर

काठमाडौं । दैलेखको नारायण नगरपालिका–११ लोहोर कच्ची सडक खण्डमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दैलेख भगवतीमाई गाउँपालिका–२ बेस्तडादेखि सदरमुकाम नारायण नगरपालिकातर्फ आउँदै गरेको लु २ च ४८२९ नं.को डबल क्याप जीप दुर्घटना हुँदा जीप चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा दैलैख भगवतीमाई गाँउपालिका ६ बस्ने ३० वर्षीया कृष्ण रोका रहेका छन् । उनको घटनास्थलमा नै मृत्यु भएको हो । जीपमा ३ जना महिला ५ जना पुरुष र २ जना बच्चा गरेर १० जना सवार रहेका थिए । घाइतेहरुको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।