हेटौंडा–१५ का ११ परिवारलाई जस्तापाता वितरण
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर– १५ बङ्गेरीको चेपाङ र तामाङ वस्तीका ११ परिवारलाई छाउनका लागि स्थानीय सरकारले जस्तापाता वितरण गरेको छ । उपमहानगरपालिका भएपनि अत्यन्तै पछी परेका चेपाङ र तामाङ समुदायको घर छाउनका लागि समस्या भएपछी जस्तापाता वितरण गरिएको हो ।
हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले यहाँका ११ परिवारका लागि जस्तापाता वितरण गरेका हुन् । खरको छाना त्यसमा पनि पानीपरेपछी सबै घरभित्र पस्ने वषौ देखिको समस्या देखेपछी जस्तापाता सहयोग गरिएको मेयर महतले बताए । बङ्गेरीका पन्च भोम्जन, कुमार बल, सृजना प्रजा, राजकुमार थिङ, प्रितिमान प्रजा, बसन्ती पाख्रिन, सूर्यबहादुर प्रजा, निर्मल प्रजा, तिर्थराज प्रजा र दोर्जे बललाई घरको छाना छाउनका लागि जस्तापाता सहयोग गरिएको हो ।
मेयर महतले आजै ११ परिवारका लागि जस्तापाता हस्तान्तरण गरे । यसक्षेत्रमा पहिले खानेपानी, बालबालिका पढ्नका लागि बिद्यालय खोल्ने कामसंगै स्थानीयहरुका लागि घर छाउन जस्तापाता सहयोग गरिएको मेयर महतको भनाइ छ । सबैक्षेत्रले पीछडीएको यस क्षेत्रमा पहिलो प्राथमकितामा पर्ने खानेपानी, सडक, विद्यालयसंगै अहिले भने जस्तापाता सहयोग गरिएको उनले बताए ।
सामान्य पूर्वाधारका समस्या देखिबाट खहरे खोलाको पानी पिउनुपर्ने बषौ देखिको बाध्यता यस क्षेत्रका नागरिकले वषौदेखि भोग्दै आएका थिए । अहिले यस क्षेत्रका स्थानीयका घरमा पानी झर्ने भएको छ । यस वस्तीमा टाढाबाट ल्याएर समेत पानी खाने व्यवस्था गरिएको छ । विद्यालय नहँदा पहिले पढ्नबाट नै बन्चित भएका बालबालिका विद्यालय जना थालेको स्थानीय श्रीजना प्रजाले बताइन् ।
