दुर्घटनामा घाइते भएकी कार्कीको मृत्यु
काठमाडौं । काठमाडौंको पिंगलास्थानमा बसको ठक्करबाट गम्भीर घाइते भएकी स्कुटर चालकको उपचारको क्रममा आज (मंगलबार) बिहान मृत्यु भएको छ । बसको ठक्करबाट गम्भीर घाइते भएकी २५ वर्षीया कृतिका कार्कीको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।
सोमबार साँझ बा ५ ख १५३८ नम्बरको बसले बागमती प्रदेश ०२–०२१ प १९३५ नम्बरको स्कुटरमा सवार उनलाई एयरपोर्ट–गौशाला सडकखण्डको पिंगलास्थानमा सोमबार साँझ सवा ६ बजे बसले ठक्कर दिएको थियो । दोलखा घर भएकी कार्की काठमाडौंको शान्तिनगरमा बस्दै आएकी थिइन् ।
