माओवादी महाधिवेशन : आजको बन्दसत्र सुरु
काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत आज (आइचबार) को बन्दसत्र सुरु भएको छ । तोकिएको समयभन्दा केहीबेर ढिलो गरी बन्दसत्र सुरु भएको हो । बन्दसत्र सुरु भएलगत्तै अध्यक्ष प्रचण्डले सम्बोधन गर्न सुरु गरेका छन् ।
पछिल्लो पटक सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार आइतबार साँझ उम्मेदवारी दर्ता गर्ने र सोमबार विहान ८ देखि मतदान हुने जनाइएको छ । नेकपा माओवादीको काठमाडौंमा जारी महाधिवेशनबाट अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव २, सचिव ३ र कोषाध्यक्ष १ गरी १५ सदस्यीय पदाधिकारी चयन गर्ने भएको छ ।
