बस दुर्घटना हुँदा ८ जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ पुष १८, आईतवार १५:२२
सांकेतिक तस्वीर

काठमाडौं । पाल्पाको रिब्दीकोट गाउँपालिकास्थित लघुवामा आज (आइतबार) बिहान मलामी सवार बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको । बुटवलदेखि रिडी हिँडेको लु १ ख ७२७९ नम्बरको बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रहरीका अनुसार, अर्घाखाँचीको मालारानी गाउँपालिका–२, कुभिण्डे स्थायी घर भई हाल बुटवल रानीगञ्ज बस्दै आएका ७० वर्षीय वीरबहादुर विश्वकर्माको मृत्युपछि मलामी गएकाहरू चढेको उक्त बस सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो । बाटो चिप्लो हुँदा बस दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । दुर्घटनामा परेर मृत्यु भएकाहरुको हाल सनाखत हुन सकेको छैन । घटनामा घाइतेहरूलाई पाल्पाको प्रभावमा उपचारको लागि ल्याइँदै छ ।