नेकपा समाजवादी राक्सिराङको भेला पुस १९ गते
मकवानपुर । नेकपा (एकीकत समाजवादी) राक्सिराङ गाउँपालिकाका प्रथम गाउँ भेला पुस १९ गते सोमबार हुने भएको छ । चैनपुरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको उपस्थितिमा गाउँपालिका स्तरीय भेला आयोजना गरिएको पार्टीका जिल्ला सचिवालय सदस्य तथा गाउँपालिका इञ्चार्ज कृष्णबहादुर चेपाङले जानकारी दिए ।
भेलामा पार्टीको गाउँ कमिटी, युवा संघ नेपालको गाउँ कमिटी र अखिल नेपाल महिला संघको गाउँ कमिटी घोषणा गरिने उनले बताए । भेलामा स्वास्थ्य तथा जनसंख्या मन्त्री खतिवडासँगै पार्टी केन्द्रीय सदस्यहरु क्रमशः मुनु सिग्देल, राजाराम स्यांतान, प्रदेश कमिटी सदस्य गोबिन्दराम चेपाङ, जिल्ला अध्यक्ष श्रीधरं पोखरेललगायत नेताको उपस्थिति रहने उनले जानकारी दिए ।
भेलामा पार्टी संगठन विस्तार सँगै कार्यकर्ता प्रशिक्षण र पार्टी प्रवेशलगायत कार्यक्रम हुने बताइएको छ । भेलाको व्यवस्थापनका लागि विभिन्न समितिहरु निर्माण गरी तयारी भइरहेको पार्टी प्रदेश कमिटी सदस्य गोबिन्दराम चेपाङले बताए । कष्णबहादुर चेपाङको संयोजकत्वमा आर्थिक समिति, कृष्णलाल तामाङको संयोजकत्वमा यातायात व्यवस्थापन कमिटी, प्रशान्त चेपाङको संयोजकत्वमा युवा परिचालन कमिटी, जुनियल प्रजाको संयोजकत्वमा स्वयम्सेवक परि चालन कमिटी, ज्ञानेन्द्र तामाङको संयोजकत्वमा प्रचारप्रसार कमिटी, मिलन तामाङको संयोजकत्वमा अतिथिसत्कार कभिटी र किशोर ब्लोनको संयोजकत्वमा मञ्च व्यवस्थापन कमिटी गठन गरी तयारी भइरहेको उनले बताए ।
