माओवादी महाधिवेशन : मतदाता नामावली सार्वजनिक

तु खबर संवाददाता
२०७८ पुष १७, शनिबार १६:४०
file-photo

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगले ८ औं महाधिवेशन अन्तरगत मतदाता नामावली सार्वजनिक गरेको छ । आयोगले शनिबार मतदातामा नामावली सार्वजनिक गरेको हो ।

महाधिवेशन आयोजनास्थल कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा समितिले १ हजार ७४२ जना महाधिवेशन प्रतिनिधिको नाम सार्वजनिक गरेको हो । शनिबार दिउँसो बन्दसत्रलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्भव भएसम्म सहमतिमा र नभए निर्वाचनमार्फत केन्द्रीय सदस्य र पदाधिकारी चयन गर्ने बताएका थिए ।