तामाङ पत्रकार संघ मकवानपुरले शुभकामना कार्यक्रम गर्ने

मकवानपुर । तामाङ पत्रकार संघ मकवानपुरले तामाङ समुदायको विशेष चाड सोनाम ल्होसारको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ । शुक्रबार बसेको संघको बैठकले आगामी माघ १५ गते ल्होसारको शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो ।
आगामी माघ १९ गते ल्होसार परे पनि माघ १५ गते शुभकामना आदानप्रदान गर्न लागिएको संघका सचिव सन्देश थिङले बताए । कार्यक्रममा मकवानपुरका अग्रज तथा क्रियाशील तामाङ पत्रकार, तामाङ राजनीतिकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि एवम् सुभेच्छुकलगायतको उपस्थिति रहने उनको भनाई छ ।