कांग्रेस मकवानपुरले मनायो मेलमिलाप दिवस

तु खबर संवाददाता
२०७८ पुष १७, शनिबार ०९:०५

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले ४६ औं ‘राष्ट्रिय मेलमिलाप दिवस’ मनाएको छ । शुक्रबार हेटौंडास्थित पार्टी कार्यालयमा आयोजित मेलमिलाप दिवस कार्यक्रम नेपाली कांग्रेसकी केन्द्रीय सहमहामन्त्री डिना उपाध्यायको प्रमुख आतिथ्यमा भएको हो ।

कार्यक्रममा सहमहान्त्री डीनाले कांग्रेसका संस्थापक नेता वीपी कोईराला लगायतका अन्य नेताहरु लामो निर्वासन अन्त्य गरी भारतबाट स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय मेलमिलाप दिवस’ का रुपमा मनाउने गरेको स्मरण गगरिन् । उनले अहिले सबैैले वीपी कोईरालाको विचारलाई सम्झनुपर्ने बताइन् । वीपीको अहिले पार्टी, विधान, दस्तावेज वीपीकोे विचारमा आवद्ध रहेको बताइन् ।

संविधानलाई लोकतान्त्रिक बनाउँदै गर्दा बीपीको विचार, समावेशितालाई लिएर राष्ट्रलाई समावेशी बनाएको डीनाको भनाइ थियो । नेपाली कांग्रेसको बहुमत सरकार बनेपछि मात्र आर्थिक उन्नति, आर्थिक रुपान्तरण, सामाजिक रुपान्तरणका कुराहरु सम्भव हुने नेतृ डीनाले दावी गरिन् । नेपाली कांग्रेस मकवानपुरका उपसभापति विष्णु प्रसाद लामिछानेको सभाध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस मकवानपुरका सचिव बुद्ध लामा, प्रवक्ता प्रदिप कोईरालाको पनि आतिथ्यता रहेको थियो ।