चुनावपछि विशेष महाधिवेशन गर्ने प्रचण्डको घोषणा
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावपछि विशेष महाधिवेशन गर्ने घोषणा गरेका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको भवनमा जारी पार्टीको आठौँ महाधिवेशनको बन्दसत्रमा आफ्नो दस्तावेजमाथि उठेका प्रश्नमा जवाफ दिने क्रममा अध्यक्ष प्रचण्डले विचारको निर्माण गर्न चुनावपछि विशेष महाधिवेश गर्ने घोषणा गरेका हुन् ।
उनले प्रतिनिधिबाट आएका प्रश्न तथा सुझाव समेटेर ठोस विचार विकास गर्न छुट्टै महाधिवेशन गरिने जानकारी गराएका हुन् । वर्तमान महाधिवेशन विचारको बहसमा सुरुवात भएको र अर्को विशेष महाधिवेशनमा थप अध्ययन, अनुसन्धान र बहस गरेर विचारको विकास गरिने उनको भनाइ छ ।
