दुर्घटनामा परेर पाण्डेको मृत्यु
कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार राति बा ६ च ११६४ नम्बरको कारलाई ट्रकले ठक्कर दिँदा बससँग जुधेर दुर्घटना भएको हो ।
दुर्घटनामा परेर बाणगंगा नगरपालिक–१ पिपराका अनुराग पाण्डेको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दिलीप क्षेत्रीले जानकारी दिए । उनका अनुसार, मृतक पाण्डे साइन रेसुङ्गा बैंक जितपुर शाखाका म्यानेजरसमेत थिए । उक्त दुर्घटनामा परेर सुदीप खनाल र राजेश शर्मा गम्भीर घाइते रहेका छन् । मृतक पाण्डे कपिलवस्तु जेसिजका पूर्वअध्यक्ष समेत हुन् ।
