दुर्घटनामा मोटरसाइक चालकको मृत्यु

तु खबर संवाददाता
२०७८ पुष १३, मंगलवार १६:१५

धनगढी । कैलालीमा रोकिएको ट्रयाक्टरसँग मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो १२ बजेतिर गोदावरी नगरपालिका–९ को बल्मीमा सु.प.प्र. ०–००२ त ६०७९ नम्बरको ट्र्याक्टर ढुंगा लोड गरेर सडकको छेउमा रोकिएको थियो ।

पछाडिबाट लम्कीचुहा–५ का ४२ वर्षीय बुढाले चलाएको सु.प.प्र.०१–००८ प ७१२७ नम्बरको मोटरसाइकल ठोक्किएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मोटरसाइकल चालक बुढा गम्भीर घाइते भएकोमा उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको छ ।